अवैधरुपमा पोखरा बसेका विदेशीलाई अध्यागमन विभाग पठाइयो

पाेखरा | असार ६, २०८१

अवैधरुपमा पोखरा बसेका विदेशीलाई अध्यागमन विभाग पठाइयो

कास्की:   जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका भित्र अवैध रुपमा बस्दै आएका पर्यटकलाई आवश्यक कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पाठाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटक प्रहरीसँग समन्वय गरी बुधबार पोखरा ६ लेकसाइड बस्दै आएका क्यानेडियन नागरिक र पोखरा १८ सराङकोट बस्दै आएका जर्मनी नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 

 

उनका अनुसार पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रिल महिनादेखि हालसम्म गैरकानूनी रुपमा नेपालमा बस्दै आएका युके, क्यानडा, जर्मनी, इजरायल, चिली, कोष्टारिका र रिपब्लिक अफ कंगोका गरी कुल १२ जना विदेशी नागरिकलाई सम्बन्धित देशमा फिर्ता पठाउनको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाएको थियो ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्